आधिकारिक एयरलाइन्स भ्रमण वर्षको जिम्मा टर्कीस एयरलाइन्सलाई
प्रकाशित मिति
२०७६ पुष ९ गते, बुधबार ०२:३२
काठमाडौं, निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई नेपाल भ्रमण वर्ष सचिवालयले आधिकारिक एयरलाइन्र्स तोकेको छ । टर्कीस एयरलाइन्स र भ्रमण वर्ष सचिवालयबीच ४ पुसमा भएको सम्झौता अनुसार नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्स टर्कीस एयरलाइन्स हुने छ ।
भ्रमण वर्ष सचिवालयले अफिसियल एयरलाइन्सका रुपमा सम्झौता गरेको कम्पनीले काठमाडौँलाई एक गन्तव्य टर्कीमा पनि जोड्दैछ । सचिवालयले बेलायतसहित यूरोप र अमेरिकामा सामान ढुवानी गर्न टर्कीस एयरलाइन्स प्रयोग गर्ने भएको छ । अमेरिका र यूरोपमा हुने ट्राभल एण्ड टूर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्की एयरलाइन्सले संयुक्त रुपमा प्रचार गर्ने छन् । नेपाल भ्रमण वर्षको रिर्पोटिङ गर्न आउने निश्चित पत्रकारलाई कम्पनीले हवाई भाडा व्यहोरिदिने भएको छ ।

भ्रमण वर्ष सचिवालयका उच्च अधिकारीहरु भने भ्रमण वर्षका दौरान एकभन्दा बढी वायुसेवा कम्पनीलाई समेत ‘अफिसियल एयरलाइन्स’ बनाउन सक्ने तर्क गर्छन् । भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठले भने, एक भन्दा बढी एयरलाइन्स यो अभियानको अफिसियल पार्टनर बन्न सक्छन् । कम्पनीहरु सहकार्यका लागि प्रस्तावसहित आए सचिवालय सम्झौता गर्न तयार रहेको उनले उल्लेख गरे ।





प्रतिकृया