• १९ भदौ २०८३, शुक्रबार
  • ८ः२८ राती

भारतीय राजदुत पुरीको तीन वर्षे कार्यकाल पुरा

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०२:००

काठमाडौं, नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीको तीन वर्षे कार्यकाल पुरा भएको छ । भारतीय राजदुत पुरीको कार्यकाल सम्मन्न भए लगत्तै स्वदेश फर्किने तयारीमा हुनुहुन्छ ।राजदुत पुरी भारत फर्किनुअघि नेपालमा उहाँको विदाईको कार्यक्रम आयोजना गर्न थालिएका छन् । सोहीक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उहाँलाई बिदाइ गर्नु भएको छ । पुरीको विदाईको अवसरमा सभापति देउवाले दिवा भोजको आयोजना गर्नु भएको थियो ।

सोमबार देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गर्नु भएको हो । देउवाले राजदुत पुरीलगायत काँग्रेसका शीर्ष नेताहरु समेत सहभागी भएका थिए । राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् ।

Kamana Sewa

प्रतिकृया