• ४ असोज २०८३, आइतबार
  • ६ः०९ बेलुका

शहिद स्मारक ए डिभिजन लिगः आज दुईखेल हुदै

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ११:३१

काठमाडौँ, शहिद स्मारक ए डिभिजन लिगमा आज दुईखेल हुदैछ । मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच आज पहिलो खेल हुनेछ । यस्तै अर्को उपाधि दाबेदार मानिएको थ्री स्टार र पुलिसबीच दोस्रो खेल हुनेछ ।

National Life

दुवै खेल दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल यू १५ र भुटान यू १५ गर्ल्स टिमबीच मैत्रीपूर्ण खेल हुँदैछ । त्यसैले एन्फा क्म्पेलक्समा हुने तय भएको मनाङ र आर्मीबीचको खेल रंगशालामा सारिएको हो । साविक विजेता मनाङ र गत वर्ष चौथो भएको आर्मीबीच दिउँसो १२ बजे खेल हुनेछ ।

अर्को विभागीय टोली अनि उपाधि दाबेदार आर्मीसँग खेल्दैछ । आर्मीले पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो । दुवै टोली लगातार जित हात पार्ने लक्ष्यमा हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया