• १९ असार २०८३, शुक्रबार
  • ३:१९ बेलुका

एमसिसी अस्वीकार गर्न सकिने अध्यक्ष दाहालको भनाइ

प्रकाशित मिति

२०७६ पुष ५ गते, शनिबार ०९:५१

काठमाडौँ, सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी नेपालको हितमा नहुने देखिए अस्वीकार गर्ने बताएका छन् । नेकपा संसदीय दलको बैठकमा शुक्रबार अध्यक्ष दाहालले यसबारे स्थायी कमिटीको बैठकमा छलफल भइरहेको जानकारी दिँदै एमसिसी अमेरिकी रक्षा नीतिअन्तर्गत भए अस्वीकार गरिने बताए ।

दाहालले बाहिर हल्ला गरेजस्तो एमसिसी इन्डो प्यासिफिक लक्षित हो भन्ने भयो भने अस्वीकार गर्ने बताएका हुन् । ‘शान्ति र विकासका लागि हो भने एमसिसी अघि बढ्छ होइन, अमेरिकी रक्षा नीतिअन्तर्गतको परियोजना हो भने यसलाई अस्वीकार गर्न सकिन्छ’, उनले भने, ‘यसबारे पार्टीको स्थायी कमिटीले निर्णय गरेपछि संसदीय दलमार्फत जानकारी गराइनेछ ।’

Kamana Sewa

गत आइतबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसिसीबारे प्रश्न उठाएका छन् । इन्डो प्यासिफिक रणनीतिको अंग भए एमसिसी स्वीकार्य नहुने र नभए पनि संसद्मा विचाराधीन सम्झौतामा थुप्रै सुधार गर्नुपर्ने बताएका छन् । पार्टी नेताहरुले भीम रावल, हरिबोल गजुरेल, अग्नि सापकोटा, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, जनार्दन शर्मा, देव गुरुङलगायतका नेताहरुले यसको विरोध गरेका थिए । नागरिक दैनिक बाट साभार ।

Classic Tech Desktop

प्रतिकृया