• २७ भदौ २०८३, शनिबार
  • ७ः५७ बेलुका

विदेशमा कमाएको पैसा जग्गामा लगानी गर्दा साथीहरुद्वारा ठगिएको ढुंगेलको गुनासो

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार १०:२८

काठमाडौं, सूर्यविनायक नगरपालिकावडा नं. ५, कटुन्जे भक्तपुर निवासी यदुनाथ ढुंगेलले आफू जग्गा दलालीको फन्दामा परेर ठगिएको गुनासो गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस बारेमा जानकारी गराएका हुन् । ढुंगलले आफूले जापानबाट कमाएर ल्याएको पैसा जग्गा दलाली साथीहरुको लहैलहैमा लागेर गुमाउन पुगेको बताएका हुन् ।

National Life

ढुंगेलले लामो समयसम्म रोजगारीको सिलसिलामा जापानमा थिए । जापानमा दुःख गरेर ढुंगेलले पैसा कमाएको थाहा पाएपछि आफ्ना साथीहरु राजु वन, रामेश्वर प्रसाद ढुंगेल र यादव प्रसाद तिमल्सिनापछि लागेको उनले विगत सुनाए । ती साथीले जग्गामा लगानी गर्दा तुरुन्तै फाइदा हुने आश्वासन दिएपछि आफूपनि जग्गामा लगानी गर्न ईच्छुक भएको उनले घट्ना क्रम सुनाए । उनका अनुसार ती ठगहरुले २०६७ सालमा ७६ आना जग्गा किन्ने प्रस्ताव ल्याएका थिए।

उनले यसरी घट्नालाई सुनाए, ‘त्यसमा यदुनाथ पनि सहमत भए । प्रति आना २ लाख ३६ हजार ८ सय ४२ रुपैया एघार पैसाका दरले ७६ आनाको १ करोड ८० लाख मूल्य एक मुष्ट तोकिएको थियो । त्यसलाई चार जनालाई भाग लगाउँदा जनही ४५ लाख पर्न आउने भएपछि मेरो भागमा ४५ लाखपरेको थियो । मैले पनि सोही अनुसार रकम बुझाएँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले आवश्यक (४५ लाख) पैसा बुझाउँदा पनि आफ्नो नाममा जग्गा भने ती दलालीहरुले पास नगराएर आफनै नाममा जग्गापास गरेको पनि सुनाए । ‘हामी मध्ये यदुनाथले आफू ठगिएको भनेर आवाज उठाउन थालेपछि २०६८ साल पुस २२ गते कि.नं. १०८५ बाट ५ आना जग्गा यदु नाथ ढुंगेललाई पास गरियो । त्यति बेला उनीहरुले बाँकी जग्गा पछि दिने अहिले छुट्टै टुक्रा भएकाले यो पास गरिाल्नुस् भनेर यदुनाथलाई भनेका थिए । एक वर्षसम्म थप जग्गा नपाएपछि उनले ७६ आना जग्गामा मलाई किन ५ आना मात्रै दिइयो भन्दा पहिला साना–साना टुक्रामा भएको जग्गा अहिले प्लटिङ गर्दा बाटो छुट्ट्याउँदा घट्यो भनेर आलटाल गर्न थाले पछि आपूm गठिएको भन्दै भक्तपुर जिल्ला अदालत पुगे ।’

आफू दिनदाहाडै ठगिएको पर्याप्त कागजी प्रमाणपत्र लिएर जिल्ला अदालत भक्तपुर पुग्दा पनि न्याय नपाए पछि आफू न्यायको खोजीमा सर्वोच्च अदालत सम्म पुगेको पनि उनले सुनाए । तर, सर्वोच्चबाट पनि न्याय नपाएकोले आफू पूनः पाटन पुनरावेदन पुगेको पनि उनले सुनाए ।
उनले भने,‘पाटन पुनरावेदनले पनि मलाई न्याय दिन सकेन । यसरी वर्षौे सम्म अदालत धाउँदा पनि न्याय नपाएपछि म पत्रकार सम्मेलन गर्न वाध्यभएको हुँ ।’

प्रतिकृया