पेप्सी उत्पादकविरुद्ध भ्याटछली मुद्दा ,२ अर्ब जरिवाना
प्रकाशित मिति
२०७६ पुष ४ गते, शुक्रबार ०९:०५
काठमाडौं , मूल्य अभिवृद्धि कर भ्याटको नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट विल बनाई राजस्व छली गरेको आरोपमा वरुण वेभरेजका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता समेत ७ जना उपर मुद्दा दायर गरेको हो ।
विभागले उनीहरु उपर ६४ करोड ९६ लाख २ हजार विगो तथा विगोको दोब्बर एक अर्ब ९४ करोड ८८ लाख ७ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
कम्पनीले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजक खरिद गरी राजश्व चुहावट गरेको विभागको ठहर छ ।
नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेजल प्रालिको स्थायी लेखा नम्बर ३०००४५४९५ ले राजश्व चुहावट गर्ने मनसाय राखी नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरेको पाइएको छ ।
विभागले वरुण वेभरेजका र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक गुप्ताबाट बिगो असुल गरी तीन वर्षको कैद सजायको समेत माग दाबी गरेको छ उनीहरुले नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्मबाट कर बिजक खरिद गरी राजश्व चुहावट गरेको पाइएको छ ।
राजश्व अनुसन्धान विभागले कर छली गर्नेहरु विरुद्ध पछिल्लो समय कडा रुपमा प्रस्तुत हुँदै आएको छ । विभागको महानिर्देशकमा मैनाली आएदेखि नै विभागले राजश्व छली नियन्त्रण गर्न निकै सक्रियता देखाएको हो ।






प्रतिकृया