• २६ भदौ २०८३, शुक्रबार
  • १०ः४९ राती

काँग्रेस नेता भण्डारी पीएचडी उपाधिबाट दीक्षित

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार ०८:४२

काठमाडौं , त्रिविको ४५ औँ दिक्षान्त समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारी पनि दीक्षित भएका छन् । बिहीबार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको त्रिविको ४५ औँ दिक्षान्त समारोहमा उनी विद्यावारिधि पीएचड उपाधिबाट दीक्षित भएका हुन् ।दिक्षान्त समारोहमा सहभागी भएर विद्यावारिधि उपाधिबाट दीक्षित हुन पाउदा हर्षित भएको भन्दै नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेका छन् ।

National Life

भुवन विश्विद्यालयको ४५औं दिक्षान्त समारोहमा सहभागी भई विद्यावारिधि उपाधिबाट दिक्षित हुन पाउदा हर्षित छु । यसले मेरो देशका घेरै अंगहरुलाई राम्रोसँग चिन्ने मौका मिल्यो। त्रिविका सम्पूर्ण पदाधिकारी, मेरा गुरूवर्ग र मलाई सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार,’ उनले लेखेका छन् ।

आज ४५ औँ दीक्षान्तमा २०७५ असार १ गतेदेखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । जसमा व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भए भने मानविकी संकायतर्फ २ हजार ९१, इञ्जिनियरिङमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सातर्फ ८६४ जना विद्यार्थीहरू दीक्षित भएका छन्।यता कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्। यस्तै विद्यावारिधि ९पीएचडी० मा ८५ र एमफिलमा ४० जना दीक्षित भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया