• २२ भदौ २०८३, सोमबार
  • ५ः०९ बेलुका

सत्तारुढ नेकपा र राजपाबीच दुईबुँदे सहमति

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०६:३५

 

National Life

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको थियो ।

राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदका लागि माघ ९ मा निर्वाचन हुनेछ ।खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनु भएको छ। सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ ।
यसले नेकपालाई एक सिट लाभ हुनेछ किनकी अहिले खाली हुन लागेको चारमध्ये एक सिट मात्र उसको थियो । दुई राजपा र एक सिटमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ ।

Classic Tech Desktop

दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति पनि भएको छ । सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गर्नु भएको छ ।

 

 

 

प्रतिकृया