• 1:49 am

उपराष्ट्रपतिकी पत्नी पक्राउ

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ०४:५७

एजेन्सी, मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिएका छन् ।

मबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी ६ वटा, मुद्रा अपचलनसम्बन्धी पाँचवटा र जालसाझीसम्बन्धी एउटा मुद्दा पनि लगाइएको उनले जानकरी दिएका छन् । सरकारले केही समय यता भ्रष्टाचारविरुद्ध कडा कदम चालेको छ । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सी सहयोगमा लेखेको छ ।

प्रतिकृया