• ७ असोज २०८३, बुधबार
  • ११ः२६ बिहान

सविधानसभाका पुर्व सदस्य रामेश्वर प्रसाद ढुङ्गेलको निधन, आजै साँझ पशुपति आर्यघाटमा दाह संस्कार गरिदै

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०५:२४

भक्तपुर, नेपाली कांग्रेसका नेता एवं सविधानसभाका पुर्व सदस्य रामेश्वर प्रसाद ढुङ्गेलको आज दिउँसो निधन भएको छ । हृदयघातका कारण ६१ वर्षको उमेरमा ढुङ्गेलको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उहाँको आजै साँझ ६ वजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने पार्टी कार्यलयले जनाएको छ ।

National Life

पुर्व सविधानसभाका सदस्य ढुङ्गेलका श्रीमतीको निधन भइ सकेको छ भने उहाँका तीन छोरा छन् । ढुङ्गेलको निधन प्रति नेपाली कांग्रेस भक्तपुरले गहिरो दुख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेको भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले बताउनुभयो । नेपाली कांग्रेसले शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रतिकृया