• ८ असोज २०८३, बिहीबार
  • ६ः५९ बेलुका

पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०२:३८

एजेन्सी, पाकिस्तानको लाहौर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोह मामिलामा मृत्युदण्डको सजाय सुनाएको छ । दुबईमा स्वास्थ्य उपचार गराइरहेका मुशर्रफलाई उच्च अदालतको तीन सदस्यीय बेञ्चले बहुमतबाट मृत्यु दण्डको सजाय सुनाएको हो ।

National Life

केही दिनअघि उनले एक भिडियो सन्देशमार्फत् आफ्नो स्वास्थ्य अवस्था खराब रहेको बताउँदै जाँच आयोगलाई दुबई आएर आफ्नो अवस्था बुझ्न आग्रह गरेका थिए ।

संविधानको अवहेलना र गम्भीर देशद्रोहमो मुद्दामा उनले भनेका थिए, ‘यह मामिला मेरो विचारमा पूर्णतया निराधार हो । देशद्रोहको कुरा छोड्नुस्, मैले त देशको धेरै सेवा गरेको हुँ, युद्ध लडेको हुँ र १० वर्षसम्म देशको सेवा गरेको थिएँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

संविधानको अवहेलनामा अदालतमा आफ्नो सुनवाई नभइरहेको भिडियोमार्फत् उनले दाबीसमेत गरेका थिए । ‘मेरा वकिल सलमान सफदरलाई न्यायालयले सुनिरहेको छैन । मेरो विचारमा यो अत्यन्तै ज्यादति हो र मलाई न्याय गरिदैँछैन्,’ मुशर्रफले भनेका थिए ।

प्रतिकृया