• ३० भदौ २०८३, मंगलबार
  • २ः४५ दिउँसो

प्रधानमन्त्री ओलीको दसौँ पटक डायलाइसिस

प्रकाशित मिति

२०७६ मंसिर २५ गते, बुधबार ०९:३९

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राति हेमो डायलाइसिस गराउन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।

National Life

प्रधानमन्त्रीगत बिहीबारमात्र १० दिनको अस्पताल बसाईपछि सेन्टरबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज गर्न अघि उनको नवौ‌ पटक डायलाइसिस समेत गरिएको थियो। ‘प्रधानमन्त्रीको अन्य स्वास्थ्य स्थिति ठिकै छ, उहाँलाई डायलाइसिस गर्न यहाँ ल्याइएको हो’, उपचारमा संलग्न एक चिकित्सकले भने। प्रधानमन्त्रीको एपेन्डेसाइटिसको शल्यक्रिया पछिको अस्पताल बसाईमा ५ पटक डायलाइसिस गरिएको थियो। यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलाइसिस गरिएको थियो।

६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण भएको थियो। हाल उनको दोश्रो पटक मृगौला प्रत्यारोपणको लागि तयारी गरिँदैछ।
कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया