• २९ भदौ २०८३, सोमबार
  • ३ः३३ राती

७१ औँ विश्व मानव अधिकार दिवसमा राष्ट्रपति भण्डारीद्धारा शुभकामना

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०१:३६

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

National Life

राष्ट्रपति कार्यालयद्वारा जारी भएको शुभकामना सन्देशमा ‘मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ ।’ उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया