• 5:04 pm

संचारकर्मी शशी नेपालको ‘कहिले पालो आउँछ सरकार’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०१:०४

काठमाण्डौँ, संचारकर्मी शशी नेपालको प्रस्तुतिमा देशमा भइरहेका बेथिती विसंगतिमाथि प्रहार गर्दै तयार पारिएको ‘कहिले पालो आउँछ सरकार’ बोलको लोक दोहारी गित सार्वजनिक भएको छ । प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत नेपालले गितकार अविरल विसी र संगितकार खेम सेन्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने गित तयार पारेकी हुन् ।

माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफुले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालले बताइन् । अन्य कलाकारहरुको समेत आवाज समेटिएको गितमा नेपालको सिमा मिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवनमाथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ ।

उक्त गित व्यवसायिक प्रयोजनका लागि नभै सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गितमा लगानी गर्न आफु तयार भएको नेपालको भनाई छ । धेरै राम्रा राम्रा लोक दोहोरी गितमा लय र संगित दिइसकेका खेम सेन्चुरीले यस गितलाई पनि निकै कलात्मक ढंगले तयार पारेकाले आफु सन्तुष्ट रहेको नेपाल बताउँछिन् ।

शशी नेपालको साथमा गितकार अविरल विसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरको स्वर रहेको छ । साथमा सिमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन । भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् ।

सेन्चुरीको लय र संगितमा सागर विरहीले एरेन्ज गरेका हुन् । माल श्री स्टुडियोमा रेकर्ड गरिएको गितको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । विरेन्द भट्टको छायाङ्कनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिकृया