• ६ असोज २०८३, मंगलबार
  • ९ः३९ बिहान

पाल्पामाम जिप दुर्घटना हुँदा दूईको घटनास्थलमै मृत्यु

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०१:५९

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा विहिबार विहान दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

National Life

गाडी सडकदेखि २ सय मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक दुवै पुरुष रहेका प्रहरीले जनाएको छ ।

प्रतिकृया