भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेको नियुक्ति बदर
प्रकाशित मिति
२०७६ मंसिर ११ गते, बुधबार १०:४५
भक्तपुर, भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्तिलाई निर्वाचन आयोगले बदर गरेको छ ।
जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विभिन्न पदहरुमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकोले आइतबार अस्पतालको का.मु. प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, का.मु. मेडिकल डाइरेक्टरमा डा. दिपेश ढकाल, का.मु. डेपुटी मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र का.मु. डेपुटी मेडिकल डाइरेक्टरमा डा.अजयकुमार झालाई गरिएको नियुक्तिलाई निर्वाचन आयोगले बदर गरेको हो ।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरेको ठहर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन अनुरोध गरेको छ ।


Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया