• १ असोज २०८३, बिहीबार
  • ११ः४१ बिहान

मेडिकल कलेजका संचालकलाई पक्राउ गर्ने गरि सरकारले कदम चालेपछि आजै शुल्क फिर्ता हुने

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०९:४८

काठमाडौं, सरकारले तोकेको भन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेज संचालकहरुलाई मध्यराति नै पक्राउको तयारी भएको थियो । सरकारले कडा कदम चाल्ने चेतावनी संचालकहरुसम्म पुगिसकेको थियो ।

National Life

सरकारको चेतावनीपछि उनीहरुले केही दिन समय दिन मागे । तर, सरकारले मानेन । उनीहरुले शुल्क फिर्ता गर्न नसक्ने बहाना गरे । त्यसमा पनि सरकार टसमस भएन । अन्ततः सरकारसँग मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बैठक बसी दुई बुँदे सहमति गरेर शुल्क फिर्ता गर्न तयार भए । उनीहरुले दुई बुँदे सहमति समेत गरेका छन् ।

सहमति अनुसार सरकारले एमबीबीएस र बीडीएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयनको प्रतिवद्धता गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दोस्रो बुँदामा शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा निर्धारण गरिएको शुल्क भन्दा बढी रकम लिएको मेडिकल कलेजहरुले आजबाट नै बढी लिएको शुल्क रकम फिर्ता वा समायोजनको कार्य थालनी गरिनेछ । आउँदो शैक्षिक सत्रमा वैज्ञानिक ढंगले शुल्क निर्धारण गर्न शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट कार्य अघि बढाउने उल्लेख छ ।

 

प्रतिकृया