• ३ असोज २०८३, शनिबार
  • ४ः३५ बेलुका

कंगोमा विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०९:३७

एजेन्सी, आइतबार कंगोमा भएको विमान दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीले जनाएका छन्। विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगोको घना बस्तीमा खसेको थियो। विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए। उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बताए।

National Life

‘अहिलेसम्म २३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको छ’, गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले भने। गोमा विमानस्थलका अधिकारी रिचार्ड मंगोलोपाले दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको बताए। गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि बिहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कंगोका अधिकारीले पुष्टि गरेका छन्।

दुर्घटनाग्रस्त विमान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले विमानमा दुई चालक दलका सदस्यसहित १९ जना रहेको पुष्टि गरेका छन्। बिजी बीका तीन विमानले उत्तरी किभु प्रान्तका विभिन्न रुटमा सेवा दिँदै आएको थियो। विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएको स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ। विमान बस्तीमा खसेको तर त्यहाँ कतिको मृत्यु भएको वा घाइते भएको भन्ने जानकारी आइसकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया