• १७ भदौ २०८३, बुधबार
  • ५ः५४ बेलुका

आन्दोलनका कारण ४ मेडीकल कलेज ठप्प

प्रकाशित मिति

२०७६ मंसिर ६ गते, शुक्रबार ०१:२१

काठमाडौँ, चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले शुल्क फिर्ता माग्दै सुरु गरेको   चारवटा मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । वीरगन्जको नेसनल, कास्कीको गण्डकी, चितवनको चितवन र रूपन्देहीको युनिभर्सल मेडिकल कलेज ठप्प भएका हुन् ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिहीबार धर्नामा बसेका विद्यार्थी  उनीहरूले आन्दोलन थालेको तीन साताभन्दा बढी भइसकेको छ । नेसनल मेडिकल कलेजमा झन्डै एक महिनादेखि आन्दोलित विद्यार्थीलाई बिहीबार कलेज प्रशासनले ज्यान मार्ने धम्की दिएको छ । धर्नामा बसेकालाई धम्क्याइएको र राति अबेरसम्म छात्रावास प्रवेश गर्न नदिइएको विद्यार्थीले बताएका छन् ।

Kamana Sewa

‘बढी लिएको शुल्क फिर्ता लिन शान्तिपूर्ण धर्ना गर्दा जिउँदै जलाइदिन्छौं भनेर त्रस्त बनाइएको छ,’ एक छात्रले कान्तिपुरसँग टेलिफोनमा भने, ‘धर्नामा गएकाहरूलाई होस्टल छिर्न दिइएको छैन, बाहिरै सडकमा बसेका छौं ।’ ७० भन्दा बढी विद्यार्थीलाई सञ्चालक बसरुद्दिन अन्सारीलगायत कलेज प्रशासन पक्षले होस्टलमा पस्न अवरोध गरेको उनीहरूले बताए । विद्यार्थीले मूल प्रवेशद्वारमा धर्ना दिएका थिए । दुई नम्बर गेटबाट होस्टल जान रोकिएको उनीहरूको गुनासो छ ।

Classic Tech Desktop

करिब १ महिनादेखि सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता माग्दै नेसनलका विद्यार्थी आन्दोलित छन् । चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि उक्त कलेजका विद्यार्थीलाई सघाउन वीरगन्ज पुगेका थिए । ‘पहिले पनि राति १२ बजेसम्म होस्टल पस्न दिइएन, मध्यरातिपछि होस्टलको छतमा लगेर कुटपिट गरियो ।’ कुटपिट र दमनको विरोधमा देशभरका मेडिकल कलेजका विद्यार्थीले काठमाडौंमा तीन दिनसम्म प्रदर्शन गरेका थिए । नेसनल कलेजमा सिनियर ब्याचका विद्यार्थी र बाहिरका युवासमेत ल्याएर कलेज प्रशासनले आन्दोलन दबाउन दमन गर्ने गरेको विद्यार्थीको भनाइ रहेको छ ।

सरकारले मेडिकल कलेजहरूलाईअतिरिक्त शुल्क फिर्ता गर्न दिएको पछिल्लो अल्टिमेटम सकिन ४ दिन मात्र बाँकी छ । शिक्षा मन्त्रालयले १५ दिनभित्र शुल्क फिर्ता गर्न कलेजहरूलाई सार्वजनिक सूचनाजारी गरेर अपिल गरेको हो । १५ दिनभित्रशुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णयअनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । विद्यार्थी र अभिभावकलाई उजुरी दिन आग्रह गर्दै कारबाहीका लागि शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

कास्कीको गण्डकी मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन १० दिनदेखि जारी छ । तालाबन्दीका कारण पढाइ हुन सकेको छैन । गत फागुनदेखि शुल्क फिर्ता माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।

पटकपटक शुल्क फिर्ता गर्ने सहमतिमा आन्दोलन स्थगित भए पनि विद्यार्थीले कलेजले लिएको बढी रकम पाएका छैनन् । विद्यार्थीको आन्दोलनकै कारण चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमले लिने वार्षिक परीक्षा पनि स्थगित गरिएको छ । कात्तिक २० देखि सुरु हुनुपर्ने परीक्षा एक महिना पर सारिएको हो ।

चितवन मेडिकल कलेजमा भदौ ५ गतेदेखि सुरु विद्यार्थीको आन्दोलन पनि जारी छ । चितवनका विद्यार्थीले मंसिर ८ गतेका लागि जनप्रदर्शन आयोजना गरेका छन् । हरेक दिन विरोधका विविध कार्यक्रम हुने गरेको छ । त्यसका लागि पढाइसँगै बिरामीको उपचार पनि प्रभावित बन्ने गरेको छ । शुल्क फिर्ता नभए मंसिर १८ गते तोकिएको एमबीबीएस, बीडीएसलगायत परीक्षा पनि बहिष्कार गर्ने संघर्ष समितिका संयोजक प्रकाश चन्दले जनाए । ‘सरकारले दिएको अल्टिमेटम पूरा हुन ४ दिन मात्र बाँकी छ, शुल्क विद्यार्थीले हातहातै फिर्ता नपाएसम्म पढाइ र परीक्षामा सहभागी हुँदैनौं,’ उनले भने ।

शुल्क विवादमै सम्पत्ति शुद्धीकरण विभागले कलेजहरू सञ्चालक, उच्च तहका कर्मचारी र उनीहरूका नातेदारको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायको छानबिन प्रतिवेदनका आधारमा विभागले अनुसन्धान अघि बढाएको जनाएको छ । छानबिनका क्रममा मुलुकभरका सबै निजी मेडिकल कलेजले विद्यार्थीबाट बढी रकम असुलेर ठगी गरेको भेटिएको थियो । अपारदर्शी रूपमा रकम लिएकाले कर छलीसमेत गरेको केन्द्रले जनाएको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी तीन सातादेखि आन्दोलनमा छन् । कलेजले अवैध रूपमा असुलेको बढी शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशन पालना गर्न माग गर्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरे । कलेजले शुल्क फिर्ता गरेको छैन । समस्या समाधानका लागि विद्यार्थीसित पहल पनि गरेको छैन । गत असोज ६ मा यस्तो शुल्क फिर्ता गर्न सरकारले एकमहिने अल्टिमेटम दिएको थियो ।

प्रतिकृया