विनायकका जलज स्क्य्रावल च्याम्पियनसीपमा जिल्ला उत्कृष्ट
प्रकाशित मिति
२०७६ मंसिर ३ गते, मंगलवार ०२:१२
भक्तपुर, “बालबालिकालाई बहुप्रतिभाशाली बनाउन अवसर दिनुपर्छ ” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै शिक्षा तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा बादशाहको रुपमा चिनिएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूलका छात्र जलज प्रजापति राष्ट्रिय स्क्य्रावल प्रतियोगितामा सर्वोत्कृष्ट हुनु भएको छ ।
पोखरा स्क्य्रावल क्लवद्धारा आयोजित राष्ट्रिय स्क्य्रावल प्रतियोगितामा प्रजापति सर्वोत्कृष्ट भई यही मंसिर ७ गते पर्वतको कुस्मामा हुने राष्ट्रव्यापी स्क्य्रावल च्याम्पियनसीपको फाइनल चरणमा प्रवेश गर्नु भएको छ ।
जिल्ला स्क्य्रावल क्लवद्धारा आयोजित कार्यक्रममा सबैभन्दा बढी अङ्क ल्याएर जलज जिल्ला च्याम्यिन बन्दै राष्ट्रिय च्याम्यिन बन्नै दौडमा उहाँ पर्वतको कुस्मा जाँदै हुनुहुन्छ । गतबर्ष पनि SQC अन्र्गत ( MMTQP ) मानसा मेमोरियल टोटल क्वालिटी पर्सन पुरस्कारद्धारा राष्ट्रिय पुरस्कार उहाँले प्राप्त गरि सक्नुभएको छ ।






प्रतिकृया