• ४ असोज २०८३, आइतबार
  • ९ः३७ बिहान

आफ्नै भाइलाई धारिलो हतियार प्रहार गर्ने एक जना पक्राऊ

प्रकाशित मिति

२०७६ मंसिर ३ गते, मंगलवार ०१:५५

ताप्लेजुङ, ताप्लेजुङमा आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राऊ गरेको छ ।सोमबार राति मादक पदार्थ सेवन गरी घरायसी बिबादमा भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्ने मैवाखोला गाउँपालिका .१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

National Life

घाइते सन्तोषलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीपी कोइराला स्वास्थ्‍य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाकारी दिएको छ ।

प्रतिकृया