• २१ जेठ २०८३, बिहीबार
  • ४:४८ बेलुका

प्रधानमन्त्री ओलीद्धारा त्रिशूली थ्री.ए जलविद्युत परियोजनाको उद्‍घाटन, दैनिक १४ लाख ४० हजार युनिट उत्पादन गर्न सकिने

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०३:०५

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको उद्‍घाटन गर्नु भएको छ । सोमबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’ बाट स्वीच थिचेर उद्‍घाटन गर्नु भएको हो ।

सोमबार रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेबाट एकसाथ उदघाटन गर्नु भएको हो ।

Kamana Sewa

नेपाल विद्युत प्राधिकरणका अनुसार यस आयोजनाबाट १४ लाख ४० हजार युनिट प्रतिदिन बिजुली उत्पादन गर्न सकिने छ । यस आयोजनाको उद्घाटनसंगै विद्युतको व्यवसायिक रुपमा उत्पादन सुरु हुने प्राधिकरणले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया