• २७ भदौ २०८३, शनिबार
  • ४ः१५ बिहान

चरेससहित पाँच जना बर्दियाबाट पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार ०१:१२

बर्दिया, गुलरिया नगरपालिकाबाट चरेससहित पाँच जनापक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–७ भन्सार रोडमा हिँडिरहेको अबस्थामा घोराही दाङका ३४ वर्षिय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका–१ घर भइ घोराही बस्ने २७ वर्षिय जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षिय सुनथामी बुढामगर, रुकुम तक्सेरका २६ वर्षिय अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षिय खीमप्रसाद रोकामगर रहेका छन् ।

National Life

नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजाने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुसंग ५८ किलो चरेस, नगद रु ३२ हजार ५ सय ९८ र ५ थान मोवाइल फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बर्दियाले थप अनुसन्धान गरि रहेको जनाएको छ ।

प्रतिकृया