• ५ साउन २०८३, मंगलबार
  • ८:५० बेलुका

तरकारीको मूल्यमा तीन गुणा वृद्धि

प्रकाशित मिति

२०७६ कार्तिक २९ गते, शुक्रबार ०९:४८

काठमाडौं, पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो । तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ ।

कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रूपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य झन्डै तीन गुणासम्म बढेको देखिएको हो । कुनैकुनै तरकारीमा गत वर्षको मूल्यभन्दा प्रतिकिलो २ सय ५० रुपैयाँसम्म बढेको छ ।

Kamana Sewa

समितिले सार्वजनिक गरेको अघिल्लो वर्षको यसै अवधिको मूल्य सूचीअनुसार यस वर्ष काउली, घिउसिमी, बोडी, तीतेकरेला, ब्रोकाउली, परवल, बन्दा, गोलभेंडा, पालुगोको साग, चमसुर, मेथीको साग, हरियो धनिया, अदुवा, प्याज, गाँजर, चुकुन्दरलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य दुईदेखि तीन गुणासम्म वृद्धि भएको छ । राजधानी दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया