सेल्फीले भेटायो हराएको १७ बर्षपछि दिदी–बहिनीलाई
प्रकाशित मिति
२०७६ कार्तिक २१ गते, बिहीबार ०३:५४
एजेन्सी, दक्षिण अफ्रिकामा बाल्यकाल देखि छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले भेट गराइदिएको छ । जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका थिए । दुई दिदीमध्ये बहिनीलाई नर्सले चोरेर बेचेकी थिईन।
नर्सले चोरेर स्थानियलाई नै बेचेका कारण संयोगले दुवै जना स्कुल जाने भएपछि एउटै स्कुलमा भर्ना हुनपुगे । कुनै चलचित्रको दृश्य जस्तै लाग्ने उक्त घटना अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ । स्कुलमा संगै भर्ना भएका उनीहरुको अनुहार मिल्दै जादा साथीहरुले पनि दुई जनाबिच कुनै नाता भएको अनुमान लगाउने गरेको समाचारमा जनाइएको छ ।

दिदीबहिनी जस्तै देखिनेबारे सबैले चर्चा गरिरहदा एक दिन दिदीले सेल्फि खिचेर आफ्नी आमालाइ देखाउदा घटनाको रहस्य खुलेको हो ।उनले आफ्नी आमालाई उक्त फोटो देखाएपछि उनकी आमाले अस्पतालबाटै उनकी बहिनी हराएको खुलासा भयो । घटना पश्चात दुबै दिदी बहिनीको रगत परिक्षण गर्दा आफ्नै दिदीबहिनी रहेकोे पत्ता पृष्टी भएपछि सबै आचार्यमा परेका छन् ।

डिएनए टेस्टबाट नर्सले बच्चालाई चोरेर बेचेको प्रमाणीत गराइदिएको छ । उक्त प्रमाणकै आधारमा ति युवतीको परिवारले त्यहाँको प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात प्रहरीले गरेको अनुसन्धानबाट उक्त बच्चा बेच्ने नर्सलाई १० बर्षकोलागि जेल सजाय तोकिएको छ ।




प्रतिकृया