• ८ असोज २०८३, बिहीबार
  • ८ः२८ राती

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम समायोजन, १६७ जनालाई क्रियाशिल सदस्यता बितरण

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार १२:४१

नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितको अध्यक्षतामा बसेको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेस र लोकतान्त्रिक  फोरम दुई पार्टी समायोजन, आशन्न मंसिर १४ गते त्रिवेणी नगरपालिका–१ को उप निवार्चन सफल पार्न प्रचार प्रसार समिति लगायतका प्रस्तावहरुमाथी छलफल भएको सचिव दिपक बिक्रम शाहले जनाउनु भएको छ ।

National Life

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम नेपाल केन्द्रिय समितको आदेश अनुसार नेपाल भरीका केही जिल्लाहरुमा दुबै पर्टी समायोजन भैसकेकोले बाजुरामा पनि दुबै पार्टी बिच बुधवार समायोजन भएको छ । नेपाली काँग्रेसले नेपाल लोकतान्त्रीक नेपाल जिल्ला कमिटी अध्यक्ष पुर्ण बहादुर सिंह लगायत १६७ जनालाई क्रियाशिल सदस्यता दिएको छ । नेपाली काँग्रेसवाट निर्वाचित त्रिवेणी नगरपालिका वडा नंं १ का वडा अध्यक्ष खम्म नेपालीको २०७५ सालमा जिप दुर्घटमा परी मृत्यु भए पछि सो वडामा उप निर्वाचन हुने भएको छ ।

उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट खगेन्द्र चदारालाई बिजयी गराउन राधिका सुनारको संयोजकत्वमा ६ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन दिएको छ । उक्त समितिमा प्राय दलित र महिलाहरु रहेको वताइएको छ भने पार्टी सभापति कविराज पण्डितको संयोजकत्वमा उच्च स्तरिय निर्देशक समिति समेत गठन गरिएको सचिव शाहले बताउनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसरी बाजुराको एकवटा स्थानमा मात्र उपनिर्वाचन हुने भएकोले आ–आफ्नो उम्मेदवारलाई विजयी गराउन दुई पार्टी बिच निकै प्रतिस्पर्धा हुँने देखिएकोले नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन तरुण युवालाई समेत परिचालन गर्न बिद्यार्थी नेता वीरेन्द्र गीरीको संयोजकत्वमा तरुण बिद्यार्थी परिचालन समिति समेत गठन गरेको छ ।

प्रतिकृया