• ६ असोज २०८३, मंगलबार
  • ४ः१० बेलुका

तरुण दलद्वारा भारतलाई नक्सा सच्याउन चेतावनी, कम्युनिस्ट सरकारको धारणा माग

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार ०९:५०

काठमाडौं , नेपाल तरुण दलले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक पारेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान विज्ञप्ति जारी गरेर नेपालको अभिन्न अंगलाई नक्साबाट सच्याउन माग गरेका छन् ।

National Life

‘कालापानी, लिपुलेक हाम्रो अभिन्न अंग हुन्’, उनले भनेका छन्, ‘भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कुटनीतिक पहल तत्काल शुरु गरोस् ।’
‘नयाँदिल्लीले भर्खरै मात्र नेपालका भू–भागहरू कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति नेपाल तरुण दलको गम्भीर ध्यानकर्षण भएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने तीन करोड नेपाली जनताको आत्मामा चोटपुग्ने विषय आउँदा समेत राष्ट्रवादी नामले नेपाली जनताको सामु चिनाउन खोज्ने केपी ओली नेतृत्वको सरकार किन मौन भन्ने कुरामा नेपाल तरुण दल अत्यन्तै दुःखी भएको कुरा अवगत गराउन चाहन्छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

‘नेपाली जनताको चाहना बमोजिम उक्त भू–भागबारे ओली सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा नेपाल तरुण दललाई मान्य हुँदैन’, नेपाल तरुण दलका अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् ।

कालापानी र लिपुलेकलाई नयाँ नक्सामा भारतले मिसाएपछि नेपालमा भारतको विरोध भएको छ । यस विषयमा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिकृया