• ३ असोज २०८३, शनिबार
  • १ः२१ दिउँसो

दुर्घटनामा डाक्टर बाबु र नर्स छोरीको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार १२:१७

विराटनगर , सडक दुर्घटनामा पेसाले डाक्टर बाबु र नर्स छोरीको मृत्यु भएको छ। मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकलमा सवार बाबु छोरीलाई यात्रुबहाक बसले ठक्कर दिएको हो।

National Life

ठक्कर लगत्तै उपचारका लागि विराट मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा नै उनीहरु दुवैजनाको मृत्यु भएको नेमुवा ट्राफिक प्रहरी इन्चार्ज तुलामणी आचार्यले बताएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगरको गोल्छा आँखा अस्पतालमा कार्यरत ५२ वर्षिय शुभलाल माझी र उनकी २६ वर्षिया छोरी अञ्जलीकुमारी माझी रहेका छन्। अञ्जली विराटनगरको न्युरो अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

विराटनगरबाट दुहवी तर्फ जाँदै गरेको को१ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आउँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकलमा सवार बाबु र छोरीलाई ठक्कर दिएको हो।

प्रहरीले ठक्कर दिने बसका चालक सन्दिप खत्रीलाई नियन्त्रणमा लिएको छ। ३४ वर्षिय चालक खत्री धनगढीका हुन्।

प्रतिकृया