• १८ भदौ २०८३, बिहीबार
  • १०ः०८ राती

ज्येष्ठ नागरिकको अनुहारमा भत्ताले ल्याएको खुशी

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार १२:४१

तनह्ँ, तनहुँको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना दुई हजार रुपैयाँ भत्ता बुझ्ने गर्थे । साउनदेखि भने थापाले प्रतिमहीना तीन हजार रुपैयाँको दरले चार महीनाको एकमुष्ठ १२ हजार बुझेका छन् । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

“भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ”, उनले खुशी हुँदै भने, “अहिले हातमै रकम पाए पछि पक्का भयो ।” सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि १२ हजार रुपैयाँ भत्ता बुझ्दा प्रफुल्लित देखिन्थे । “यसअघि मासिक दुई हजार रुपैयाँको दरले भत्ता बुझ्थेँ, अहिले बढेर रु तीन हजार पुगेछ”, उनले भने “भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।”

Kamana Sewa

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी गराए ।

Classic Tech Desktop

सरकारले गएको जेठ १५ गते आव २०७६/७७ को बजेटमार्फत वृद्धभत्ता तीन हजार रुपैयाँ तथा एकल महिलाको भत्ता मासिक दुई हजार रुपैयाँ पु¥याएको छ । यसअघि वृद्धभत्ता मासिक दुई हजार रुपैयाँ र एकल महिलालाई एक हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि एक हजार रुपैयाँ बढाइएको छ । रासस

प्रतिकृया