• ३ असोज २०८३, शनिबार
  • १ः१५ दिउँसो

दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक ११ गते, सोमबार १२:०८

विराटनगर, मोरङ पथरी शनिश्चरे नगरपालिका– ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेमा युवराज गिरीका चार वर्षीय छोरा युसनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । प्रहरीका अनुसार युवराजको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राति साढे १० बजे अचानक घरमा आगो सल्किँदा घर भित्र सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको हो ।

आगोमा जलेर टिनको छानो भएको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ । यस्तै, घरभित्र रहेको ३र ३ तोला सुन र चाँदीको गहना, नगद ९५ हजार, लत्ता कपडाका साथ सम्पूर्ण सर–सामान जलेर नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया