• ३ असोज २०८३, शनिबार
  • ३ः५४ दिउँसो

पर्वको अवसरमा टेलिकमले ल्यायो रिचार्जमा बोनसको अफर

प्रकाशित मिति

२०७६ कार्तिक १० गते, आईतवार ०४:२२

काठमाडौं, नेपालीको महान पर्व तिहारका साथै छठ र नेपाल सम्वतका अवसरमा नेपाल टेलिकमले  रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । जीएसएमरसीडीएमए प्रिपेडरपोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस्तै यो भन्दा पहिलेदेखि नै उपलब्ध फोरजीरएलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।

National Life

यस योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस रकम तीन दिनभित्र तथा ५०० र १००० को बोनस रकम पाँच दिनभित्र उपयोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ ।

त्यसैगरी एमपोसबाट १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस रकम क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ । त्यसैगरी फोरजीरएलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । टेलिकमले पहिलोपटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया