अनुहार नभएको बच्चा जन्मेपछि…
प्रकाशित मिति
२०७६ कार्तिक ९ गते, शनिबार १२:०१
काठमाडौं, पोर्चुगलको राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा रहेको एक अस्पतालमा नाक, आँखा र टाउकोको नभएको बच्चाको जन्म भएको छ । उक्त घटना ७ अक्टोबरमा भएको हो । पूर्ण शारिरिक विकास नभएको बच्चा जन्मेपछि प्रसुतीसम्बन्धी डाक्टरले निलम्बनको कार्वाही भोग्ने भएका छन् ।
आर्तर कारभालो नाम गरेका डाक्टरले आमा र बच्चाको स्वास्थको बारेमा पर्याप्त पूर्व जानकारी नराखेको तथा हेलचक्य्राइँ गरेको आरोपमा मेडिकल काउन्सिलको निलम्बनमा परेको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । आमाले बच्चालाई जन्म दिनुभन्दा पहिले उनै डाक्टरको निजी क्लिनिकमा तीन पटक जाँच गराएकी थिईन । जाँचको क्रममा उनलाई डाक्टरले तीनै पटक अल्ट्रासाउण्ड गराएका थिए ।

तर, अन्तीम पटकको चेक जाँचसम्म पनि डाक्टरले बच्चा सकुशल रहेको बताउदै आएका थिए । चौथो पटक अर्के क्लिनिकमा चेक गराउदा भने उनलाई त्यहाँका डाक्टरले बच्चामा कुनै दुर्लभता हुन सक्ने बताएका थिए । बच्चामा कुनै दुर्भलता हुने देखिएपछि पहिले देखि नै चेक जाँच गराउदै आएका डाक्टरलाई सोध्दा पनि उनले बच्चामा समस्या नदेखिने दाबी गरेका थिए ।

कतिबेला बच्चाको अनुहार आमाको कोखमा टाँसिने भएकोले अल्ट्रासाउण्डमा नदेखिएको हुन सक्ने डाक्टर कारभालोले बताउदै आएका थिए । तर, अक्टुवरमा बच्चा जन्मदा अनुहार नै नभएको बच्चा जन्मेपछि भने उक्त बच्चाका आमा–बुवा चकित परेका छन् । बच्चामा दुर्वलता देखिएपछि सुरुमा बच्चा केही घन्टामात्रै उनी बाँच्ने बताइएपनि दुईसाता भन्दा बढी भइसक्दा पनि बच्चा जिवित रहेको बताइएको छ । हाल आमा र बच्चा अस्पतालको हेरचाहमा रहेका छन् भने बच्चाका बुवाले डाक्टर कारभालोविरुद्ध उजुरी दिएका छन् ।




प्रतिकृया