• ३ असोज २०८३, शनिबार
  • २ः४२ दिउँसो

दुई वर्षभित्रमा सवैको सीप र क्षमताको कदर हुन्छ :प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार ११:३६

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अल्पकालिन तथा दिर्घकालिन दुवै प्रकारका विकास र समृद्धिका कार्यहरु तिव्र गतिका साथ अघि बढाइरहेकाले आगमी दुई वर्षभित्रमा देशको मुहार फेरिने दावी गर्दै सवै मानिसको सीप र क्षमताको कदर हुने बताउनुभएको छ ।

National Life

आइतवार साँझ गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टि«य सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरी बधाई–सुभकामना दिँदै उहाँले सरकारले देशको विकास र समृद्धिका लागि दिगो र प्रभावकारी योजना तथा कानुनहरुलाई व्यवस्थित गर्दै लगेकाले नेपालमा लगानीको उपयुक्त वातावरण सिर्जना भएको जानकारी गराउनुभयो ।

नेपालमा अहिले लगानी गरि भरपुर मात्रामा फाइदा लिन सकिने क्षेत्रहरुको वास्तविक जानकारी दिँदै प्रम ओलीले गैैरआवासीयहरुले गरेको लगानीको जिम्मा सरकारले लिने समेत प्रतिवद्धता जनाउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भएको छ ।

गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उहाँले भन्नु भयो, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नु हुन्छ, अन्तर्राष्टि«य रुपमै नेपालको छवि माथि उठेको छ ।

प्रधानमन्त्रीले अगाडी भन्नुभयो, ‘गैरआवासीय नेपालीले परिचय पत्र पाउने छन, जसमा राजनीतिक अधिकार वाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविध वा लगानी गर्न सहज हुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।’

उहाँले अगाडि भन्नु भयो, ‘अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा हुन सक्छ भन्ने विषयमा ध्यान पु¥याएर काम गरी रहेका छौं । त्यसैका लागि हामी विभिन्न देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं ।’

प्रतिकृया