• ४ असोज २०८३, आइतबार
  • १०ः३० बिहान

भारतका सिआईभि टोलीले नेपालबाट एक जनालाई अपहरणशैलीमा भारत लगेपछि..

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार ११:५१

भारतका सिआईभि टोलीले नेपाल प्रबेश गरी आईतावार साझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेका छन । जिल्लानको मायादेबी गाउपालिका– १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिआईभिका टोलीले गाउपालिकका– ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पिया गाडमा लगेको प्रत्यक्षदर्शीले बताए, ‘रमजान चौराहाबा बसको थिए, भारतीय सुरक्षाकर्मी आएर रमजालाई गाडीमा बसालेर लगे’

National Life

भारतीय सुरक्षार्कीले त्यस बेला हतियार समेत देखाएका थिए । रमजानलाई लवनीको बाटो हुदै हथिहवा दोहनी हुदै भारतीय बजार भगवानपुर तर्फ लगीएको थियो । रमजालई के कारणले लगएको हो भन्ने बिषय स्पष्ट हुन सकेको छैन ।

प्रहरी नायब उपरिक्षक सुनिल मल्ले भारतमा गरिएको १० लाख चोरीको मुद्दामा सिआइबिले रमजानलाई पक्राउ गरी लगेर गएको सुनेको बताए । सो घटनामा फरार रहेका अर्का अयिभुुक्त मोनुलाई समेत सिबिआईले खोजे पनि फेला पार्न नसकेको सुरक्षा श्रोतले जनाएको छ । सिबिआईले नेपाल प्रहरीलाई १० लाख चोरीको घटनामा पक्राउ गरी लगको जनाए पनि रमजानलाई आइएसआईको एजेन्टकारुपमा पक्राउ गरिएको श्रोतका दबी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बिगत चार दिन देखि सिबिआईको टोली तौलिहवा स्थित होटल शंकरमा बस्दै आएका थिए । रमजान भारतको मुम्बैमा समेत बसेर फर्किएका थिए । ‘१० लाखको चारीको घटनामा सिबिआई टोली आउनु आफैमा पत्याउन गाह्रो कुरा हो ’ एक सुरक्षाकर्मीले भने ‘ रमजालाई आईएसआई एजेन्टकैरुपमा लगएको हो ’ । अभिरावका स्थानीय अनुसार रमजानलाई बिगत दुई बार्ष देखि भारतीय प्रहरीले पक्रन खोजेको थियो । त्यसकालागि पटक पकट भारीय प्रहरी अभिराव र आसपासका गाउँ समेत आएका थिए । भारतीय सिआईबिले पक्राउ गरेर लगेर लगको बिषयमा बुझने कार्य भएको प्रहरी नायब उपरिक्षकले बताए ।

प्रतिकृया