चार लाख बढिको सुन चोरी गर्ने एक भारतीय नागरिक पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक ४ गते, सोमबार ११:२३
मातृभूमिन्युज संवाददाता / अर्घाखाँची
अर्घाखाँची , अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पशलबाट चार लाख बढिको सुन चोरी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।सन्धिखर्क १ हललाईनमा रहेको महालक्ष्मी गहना पसलमा गए राती सुन चोरि गर्ने भारतको मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ बर्षिय श्रीमन्त्र मण्डललार्इ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

बिगत १२ बर्ष देखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगडको रूपमा काम गर्दै आईरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मुल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैया बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

गएराती सुन पशलबाट सुनका गहना चोरी गरेका उनलार्इ सिसि टिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेका थियो । उनले दाजुसँग भारतवाट आउदा लिएको ऋण तिर्न चोरी गरेको स्वीकार गरेको प्रहरीको भनार्इ छ । पक्राउ परेका मण्डललाई मलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ मकबजनी चोरी अन्र्तगत बमोजिम कानूनी प्रक्रिया अगाढि बढाउने प्रनाउ बिष्टले जानकारी दिए ।




प्रतिकृया