• ५ असोज २०८३, सोमबार
  • ५ः२३ बिहान

वुमन च्याम्पियन्स लिग: आज काठमाडौं र विराटनगर तथा चितवन र पोखरा खेल्ने

प्रकाशित मिति

२०७६ कार्तिक २ गते, शनिबार ११:२८

काठमाडौं, काठमाडौंमा जारी महिला फ्रेन्चाईज लिग वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछ ।

National Life

शनिबार हुने पहिलो खेलमा चितवन राईनोज र पोखरा पल्टन तथा दोस्रो खेलमा क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेलमा चितवन र पोखराबीच बिहान साढे ९ बजे तथा दोस्रो खेलमा विराटनगर र काठमाडौंबीच दिउँसो साढे १ बजे भिड्दैछन् ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया