• २४ भदौ २०८३, बुधबार
  • १२ः४४ दिउँसो

आफ्नै ससुराको हत्या अभियोगमा बुहारी पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन २९ गते, बुधबार १२:३७

मन्थली, जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख एवम् डिएसपी सन्तोषकुमार भट्टराईका अनुसार मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो ।

बुहारीले ससुराको हत्या के कारणले गरेकी हुन् सो विषयमा रामेछाप प्रहरीले अनुसन्धान शुरू गरेको छ । घटनाको बारेमा अनुसन्धान गर्दा डिकबहादुर अछामी सार्कीकी कान्छी बुहारी पार्वती अछामीले दाउराको चिरपटले हत्या गर्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

डिकबहादुर अछामी सार्कीकी कान्छी बुहारी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । पार्वतीलाई म्याद थपका लागि जिल्ला अदालत रामेछापमा पेश गरिएको छ । अदातले अनुसन्धानका लागि म्याद थप गरी दिएको छ ।

प्रतिकृया