• २४ भदौ २०८३, बुधबार
  • ६ः०८ बिहान

छोटो अवधिका लागि कतारले कामदार लिने

प्रकाशित मिति

२०७६ आश्विन २८ गते, मंगलवार १२:२२

काठमाडौं , सन् २०२२ विश्वकप फुटवलको आयोजक राष्ट्र कतारले अस्थायी अवधि अर्थात् छोटो समयका लागि विदेशबाट कामदार लिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हालै उक्त निर्णय गरेको हो । कतारमा निर्माण तथा सेवा क्षेत्रमा यस्ता कामदारको आवश्यकता रहेको बताइएको छ ।

National Life

कतारको प्रशासनिक बिकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको निर्णयअनुसार कतारका कम्पनीहरुले एक देखि तीन महिनासम्म ६ प्रकृतिका कामदार ल्याउन पाउने भएको छ ।

कतारले आफ्नो देशमा काम गरिरहेका विदेशी कामदारका सन्तानले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने नयाँ निर्णय पनि गरेको छ । यसअघि कतारमा काम गर्ने कम्पनीको स्पोन्सर अनिवार्य थियो । अब उनीहरूले आफ्नो परिवारको स्पोन्सर रहुञ्जेल स्पोन्सर परिवर्तन नगरी निजी क्षेत्रमा काम गर्न पाउने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कतारले विद्युतीय प्रणाली अनलाइनलाई बढवा दिन अनलाइन मार्फत् प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट दिने घोषणा पनि गरेको कतारका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिकृया