डाक्टरसहितको आकस्मिक स्वास्थ्य टोली सी जिनपिङका लागि
प्रकाशित मिति
२०७६ आश्विन २४ गते, शुक्रबार ११:४३
काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङसहितको चिनियाँ भ्रमण टोलीका लागि आकस्मिक स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको छ । यसका लागि नेपाली सेनाको स्वास्थ्य टोलीका अलावा अन्य डाक्टरहरुसमेतको टोली रहेको छ ।

टोलीमा रहेका डाक्टरहरुबारे समेत गोपनीयता राखिएको छ । आकस्मिक स्वास्थ्य टोली चिनियाँ राष्ट्रपति सी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि र फर्किनुअघिसम्म साथमै रहनेछ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि यस्तै प्रकारको विशेष टोली परिचालन गरिएको थियो ।

सीको विशेष विमानमा पनि स्वास्थ्य टोली सँगै रहनेछन् । निजी चिकित्सकसहित नेपाल आउने सीका लागि नेपालतर्फबाट पनि आकस्मिक सेवाका लागि चिकित्सक टोलीको व्यवस्था गरिएको हो ।
Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ





प्रतिकृया