• १७ भदौ २०८३, बुधबार
  • ४ः५८ बेलुका

दसैं, तिहार तथा छठ पर्वमा उच्च रक्तचाप तथा मधुमेहका रोगीले के गर्ने, के नगर्ने

प्रकाशित मिति

२०७६ आश्विन १७ गते, शुक्रबार ०१:२५

भक्तपुर , दसैं, तिहार र छठ पर्व मनाउँदै गर्दा अधिकांश मानिसले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल भने गरेको पाइँदैन। फलस्वरुप यो सिजनमा अस्पताल र स्वास्थ्य संस्थाहरुको अंतरङ्ग तथा इमर्जेन्सीहरुमा मधुमेह ,सुगर, तथा उच्च रक्तचाप प्रेसरका रोगीहरु बढी आउनु स्वभाविक हो।

Kamana Sewa

दसैं, तिहार तथा छठ पर्वमा उच्च रक्तचाप तथा मधुमेहका रोगीले के गर्ने, के नगर्ने ।
– उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले मासुजन्य खाद्य पदार्थको सेवन धेरै कम गर्ने।
– मध्यपान तथा धूमपान र सूर्तिको प्रयोग नगर्ने।
– मिठाइका परिकारहरुको प्रयोग धेरै कम गर्ने।
– शरीरलाई आवश्यक मात्रामा मात्र खाद्य पदार्थको सेवन गर्ने।
– विषाधीरहित हरियो सागपात तथा रेशादार भएका तरकारी तथा फलफूलहरुको सेवन बढी गर्नुपर्छ।
– पहेला फलफूल, गेडागुडी, मासु अन्नबालीका खानाहरु र हरियो तरकारी तथा पानीको सन्तुलन मिलाएर मात्र खाद्यान्नको सेवन गर्नुपर्छ।
– पानीको सेवन २ देखि ३ लिटरसम्म गर्नुपर्छ।
– शारीरिक व्यायम गरिराख्नुपर्छ। यसले शरीरमा अनावश्यक रुपमा रहेका विकारयुक्त चिजहरु निष्कासनमा मद्दत गर्छ।
– एक अञ्जुली भातको सेवन गर्नुहुन्छ भने दुई अञ्जुली हरियो रेशादार भएको तरकारीको सेवन गर्नु र मौसमी अमिलो खालका फलफूलहरु सेवन गर्नु स्वास्थ्यका लागि फलदायी हुन्छ।
– नियमित समय–समयमा रगतमा चिनीको मात्रा, युरिक एसिडको मात्रा र मिर्गौलाको कार्यक्षमताको जाँच गराइराख्नुपर्छ।
– नुन, घिउ तथा तेलको मात्रा धेरै कम सेवन गर्नुपर्छ।
– मानव शरीरका लागि २४ घण्टामा नुन जम्मा ५ ग्राम आवश्यक हुन्छ, तर हाम्रो भान्सामा १२ देखि १५ ग्रामसम्म प्रति व्यक्ति प्रयोग भइरहेको छ।
– त्यस्तै मानव शरीरका लागि मध्यपानको आवश्यकता पर्दैन, शरीरलाई चाहिने अल्कोहल रक्सी शरीर आफैंले उत्पादन गर्छ।
– चाडपर्वहरुमा रक्सीको अल्कोहल मात्रा बढी प्रयोग भएको हुन्छ। यसको नियन्त्रण गर्नु आवश्यक छ।
– उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले सेवन गरिरहेको औषधि नियमित रुपमा एउटै समयमा सेवन गर्नुपर्छ।

Classic Tech Desktop

प्रतिकृया