• ३ असोज २०८३, शनिबार
  • ३ः४५ दिउँसो

संघद्धारा वैदेशिक रोजगारमा रहेका समस्या समाधानका लागि पहल

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ०२:२३

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व श्रम तथा रोजगार मन्त्री लेखराज भट्टलाई भेटी वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

National Life

संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमितिका सदस्यहरुको टोली मंगलबार बिहान ललितपुरको हात्तीवनस्थित पूर्व श्रममन्त्री भट्टको निवास पुगेको थियो ।

पूर्व श्रममन्त्री भट्ट वैदेशिक रोजगारको विषयलाई गम्भीरताकासाथ बुझ्ने नेताका रुपमा व्यवसायीहरुमाझ परिचित रहेका छन् । भेटमा नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद गैरेले हालै भएको वैदेशिक रोजगार ऐन २०६४ को संशोधनमा धरौटी र बैंक ग्यारेन्टी अस्वभाविक रुपमा बढेको तर सेवा शुल्क परिमार्जन नभएका कारण व्यवसाय सञ्चालन गर्न कठिनाई भएको विषयमा नेता भट्टको ध्यानकर्षण गराएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

जवाफमा नेता भट्टले आफुले वैदेशिक रोजगार क्षेत्रलाई नजिकबाट नियाली रहेको र वैदेशिक रोजगारले अल्पकालीन रुपमा भएपनि बेरोजगारी समस्याको समाधान गरी राष्ट्रिय अर्थतन्त्रमा भरथेग गरेका कारण यस क्षेत्रमा रहेका समस्या लामो समयदेखि थाती रहनु न्यायोचित नहुने बताए ।

उनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि आफुले पनि पहल गर्ने आश्वासन दिएका थिए । गत मंगलबार सम्पन्न संघको निर्वाचनमा प्यानलले नै जितेर इतिहास कायम गरेको संघ नेतृत्वले एक हप्ताका बीचमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित आधा दर्जन भन्दाबढी प्रमुख नेताहरुलाई भेटेर समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रतिकृया