• २५ भदौ २०८३, बिहीबार
  • ८ः४६ राती

असोज १३ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषण गरिदै

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार ०२:१२

काठमाण्डौ, नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषण गर्ने नेपाल पुर्ण सरसफाई तर्फ अग्रसर हुने सम्बन्धमा खानेपानी मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

National Life

नेपाल सरकारले आर्थिक वर्ष २०७६ /७७ को स्वीकृत नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षभित्र देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरी स्थानीय तहसँगको सहकार्यमा पुर्ण सरसफाइ अभियान अघि बढाउने नीति रहेको र सो बमोजिम हाल सम्म नेपालका ७७ वटै जिल्लाहरु खुल्ला दिसामुक्त घोषणा भैसकेको सन्दर्भमा असोज १३ गते प्रधानमन्त्री केपि शार्मा ओलीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पुर्ण सरसफाई तर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गर्ने कार्यक्रम हुन गईरहेको छ ।

कार्यक्रमको समारोह राष्ट्रिय सभागृह कामाण्डौमा हुने छ । कार्यक्रममा नेपाल सरकार र प्रदेश सरकारका विभिन्न मन्त्रालयका उच्च पदाधिकारीहरु, यस अभियानलाई सफल बनाउन सहयोग गर्ने राजनीतिकर्मी, विकास साझेदारहरु एवं गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, देशका विभिन्न भेगबाट आउने स्थानीय तहका प्रतिनिधहिरु, सामाजिक अभियन्ताहरु, खानेपानी उपभोक्त जतथा सरसफाइ समितिका प्रतिनिधिहरु, पत्रकारहरु, शिक्षक एवं विद्यार्थीहरुको व्यापक सहभागिता रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया