• २५ भदौ २०८३, बिहीबार
  • ६ः३३ बेलुका

सिँचाई र प्रविधिको उचित प्रबन्ध गर्न सके सानो ठाउँमा धेरै उत्पादन लिन सकिन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०४:५८

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराख्ना किसान नेता–कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

National Life

बुधबार ललितपुरको धोबीघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ ।, सिँचाई र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।, हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

‘हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।, सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतः बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गर्दै भने, ‘विश्वमै नयाँ ढङ्गको एकताबद्ध र अनुशासित कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ । अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानव जातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन हामी लागेका छौँ ।’

प्रतिकृया