• २० भदौ २०८३, शनिबार
  • ५ः५७ बिहान

संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ आश्विन ३ गते, शुक्रबार ०१:५४

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि बताउनुभयो ।

National Life

उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।”

प्रधानमन्त्री ओलीले अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन हुने बताउदै उहाँले भन्नुभयो , ‘संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रहृयो वा रहेन जस्ता विषय अल्झिने भन्दा जुन बेला जे मिल्दैन जुन अग्रगतिका लागि तगारो बन्छ त्यसलाई त्यही बेला बिधिसम्मत ढङ्गले मिलाउँदै सच्याउँदै अगाडि बढ्न सकिन्छ ।’

Classic Tech Desktop

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

प्रतिकृया