• १० असोज २०८३, शनिबार
  • ३ः३९ राती

समाजलाई भड्काउने उच्छ्रिङ्खल गतिविधिलाई नियन्त्रण गर्नुपर्छ : मन्त्री भट्टराई

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०२:११

काठमाडौं , संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

National Life

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार उद्घाटन गर्दै उहाँले अराजकता र उछृङ्खल गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्दै भन्नुभयो, ‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ र त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया