• १० असोज २०८३, शनिबार
  • २ः५६ राती

विश्वको उत्कृष्ट विमानस्थलको उपाधि चीनलाई

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०२:४४

एजेन्सी,विश्वको उत्कृष्ट विमानस्थलको उपाधि चीनका दुई विमानस्थलले पाएका छन् । हैनन प्रान्तको दुई अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय एयरपोर्ट काउन्सिलद्वारा प्रदान गरिने उत्कृष्ट विमानस्थलको उपाधि प्राप्त गरेका हुन् ।

National Life

हैनन प्रान्तको हाइकु र सन्या सहर स्थित रहेको विमानस्थलले उपाधि हासिल गरेर लगातार तीन वर्षयता उपाधि जितेका हुन् । इन्डोनेसियाको बालीमा सम्पन्न अन्तर्राष्ट्रिय एयरपोर्ट काउन्सिलको ग्लोबल शिखर सम्मेलनमाको दौरान सो अवार्ड वितरण गरिएको थियो । हाइकुको विमानस्थल यातायातको व्यवस्थामा पनि उत्कृष्ट बनेको छ । उत्कृष्ट वातावरण र उत्तम पूर्वाधारका लागि थप दुई पुरस्कार प्राप्त गर्यो ।

प्रतिकृया