• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

सिंहरदबारभित्र पत्रकार पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०६:२१

काठमाडौं, सिंहदरबारभित्रबाटै पत्रकारलाई पक्राउ गरिएको छ ।

सिंहदरबारभित्र आइतबार दिउँसो पत्रकारको नारावाजी चल्यो । करारका कर्मचारी हटाइएको विरोधमा पत्रकारसम्वद्ध संघसंस्थाका प्रतिनिधिसहित पुगेका उनीहरुले रेडियो नेपालका प्रतिनिसँग छलफलमा बसे । उनीहरुले हटाइएका पत्रकारको पुर्नवहालीको माग गरेका थिए । तर, रेडियो नेपालका प्रतिनिधिले पुर्नबहाली गर्न नसक्ने बताएपछि पत्रकारहरु नारावाजी गर्न थालेका थिए ।पत्रकारहरुले जायज माग पूरा नभएको भन्दै ताला लगाए । ताला लगाएको लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

Kamana Sewa

प्रहरीले पक्राउ गरेपछि नारावाजी हुँदा सिंहदरबारभित्र खैलाबैला मच्चिएको थियो । पत्रकारहरुलाई नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।पक्राउ परेकाहरुमा रामप्रसाद दाहाल, अजयबाबु सिवाकोटी, जन्मदेव जौसी, दिलिप पौडेललगायतका रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया