• ३ असोज २०८३, शनिबार
  • ४ः०१ बेलुका

नेपाली सेनामा अनियमितताः प्रतिस्पर्धाबिनै सामान खरिद

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०६:४३

माओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्तीसम्बन्धी सामग्री बिनाप्रतिस्पर्धा खरिद भइरहेको छ । लडाकु समायोजन प्रक्रिया सुरु भएपछि जारी कार्यविधिलाई नै अहिलेसम्म निरन्तरता दिँदा सामान आपूर्तिमा खुला प्रतिस्पर्धा हुन नसकेको हो । विसं २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा नेपाली सेनाले हातहतियार, गोलीगट्ठालगायत सामग्री खरिद तथा सिपाही भर्ना गर्न नपाउने उल्लेख थियो । त्यही प्रावधानका कारण नियमित प्रक्रियाबाट सैन्य सामग्री आपूर्ति गर्न समस्या परेपछि सरकारले २०६४ सालमा मन्त्रिपरिषद्बाट ‘सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि–२०६४’ जारी गरी बिनाप्रतिस्पर्धा खरिद गर्न सक्ने बाटो खोलेको थियो । त्यही कार्यविधिलाई टेकेर सेनाले हातहतियार, बख्तरबन्द गाडी, हेलिकम्पटर लगायत सामग्री हालसम्म बिनाप्रतिस्पर्धा विदेशबाट खरिद गर्दै आएको छ ।

National Life

विसं २०६३ बाट थालिएको लडाकु समायोजका कामले २०७० मा पूर्णता पाएको थियो तर सरकारले २०६४ को त्यही कार्याविधिलाई गत वैशाखमा संशोधन ग¥यो । त्यसमा पुरानै व्यवस्थालाई निरन्तरता दिइयो ।
(मातृका दाहाल)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया