• २० भदौ २०८३, शनिबार
  • ८ः५२ राती

प्रधानमन्त्री ओलीद्वारा इन्द्रजात्राको शुभकामना

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०३:५३

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको छ ।

National Life

इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताउनु भएको छ ।

“समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।” उहाँले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गर्नुभएको छ ।

Classic Tech Desktop

“एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधी मान्दै आएका छौँ । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए, तर हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौँ ।”

“इन्द्रजात्राका बारेमा वाल्मिकी रामायण, महाभारत, हरिवङ्शपुराण, कालिकापुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।”

प्रतिकृया