• ५ असोज २०८३, सोमबार
  • २ः०६ दिउँसो

एनआरएनए जापानको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०५:१८

एजेन्सी, गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच पुरानो कार्यसमितिबाट पद हस्तान्तराण तथा नवनिर्वाचीत कार्यसमितिलाई शपथ खुवाउँदै पदभार ग्रहण गराइएको हो ।

National Life

आइतबार भएको निर्वाचनबाट नवनिर्वाचीत नयाँ कार्यसमितिलाई आज पदभार ग्रहण गराइएको छ । जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको थियो, भने आइसिसी सदस्यहरुमा तुलसी राम खरेल र डिपी कँडेल निर्विरोध निर्वाचीत हुनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा अनिता गुरूङ, महिला उपाध्यक्षमा सविता श्रेष्ठ, उपाध्यक्षहरुमा लक्ष्मण बरीयाल, लक्ष्मी बानीयाँ र नारायण खडका, युवा उपाध्यक्षमा नवीन निउरे निर्वाचीत हुनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

क्षेत्रीय उपाध्यक्षमा दिपक केसी, महासचिवमा जनक विक्रम शाही, क्षेत्रीय सचिवमा विकास बस्नेत, सचिवमा टिका राम खरेल, विष्णु प्रसाद घिमिरे, कोषाध्यक्षमा कालीका थापा, सहकोषाध्यक्षमा सचिन श्रेष्ठ, युवा संयोजकमा राम थापा, महिला संयोजकमा संगीता अधिकारी निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरु क्रमश राजेश खनाल, सुरेन्द्र घिसिङं, बाबुराम खरेल, महेश कुमार कटुवाल, दिल राम गैरे, सिबु थापा, जीवन कुमार गुरुङ, महिला सदस्यमा अञ्जु भण्डारी निर्वाचीत हुनुभएको छ ।

प्रतिकृया